काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुगेका छन् । गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल डल्लुस्थित खनाल निवासमा पुगेका हुन्…