उदयपुर । उदयपुरको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल रौता र ताप्ली पोखरीमा नयाँ वर्षको दिन आज धुमधामका साथ मेला लागेको छ । प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यले मेला लाग्ने गरेको हो । उदयपुरमा रहेका दुई पर्यटकिय स्थलका रुपमा परिचित रौता र ताप्ली पोखरीमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गर्दछन्…