तेह्रथुम । पूर्वको टिएमजे (तिनजुरे, मिल्के र जलजले) क्षेत्रमा रहेको गुफा पोखरी पर्यटकिय रूपमा कहलिएको गन्तव्य हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको पोखरी पर्यटकहरूको मुख्य रोजाइमा पर्दै आएको छ । आकाश खुलेसँगै चारैतिर टल्किए रहेको हिमाल । आफ्नै छायाँ प्रतिबिम्बित हुने सुन्दर पोखरी । यही पोखरीमा दैनिक सयौँ पर्यटकहरू रमाई रहेका हुन्छन् ।…