१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कांग्रेस केन्द्रीय समितिमा ६ जना नवप्रवेशी विजयी



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जित हासिल गरेका छन ।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राप्रपा परित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका हुन् ।

३० असोज ०७४ मा कांग्रेससँग पार्टी समायोजन गरेका गच्छदार स्वयं उपसभापतिमा दुई मतले धनराज गुरुङसँग पराजित भए पनि उनीसँग आएका पाँचजना भने केन्द्रीय समितिमा विजयी हुन सफल भएका छन् । लोकतान्त्रिक फोरमबाट कांग्रेस भएका गोपाल दहित, गणेश लामा, रामजनम चौधरी, योगेन्द्र चौधरी र कल्पना चौधरी केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका हुन् ।

केन्द्रीय समितिका लागि खुलातर्फबाट उम्मेदवारी दिएका दहित १७ सय १० र लामाले १७ सय ८२ मत ल्याए । रामजनम चौधरी थारू खुला कोटातर्फबाट २५ सय तीन र योगेन्द्र चौधरीले २१ सय ९८ मत प्राप्त गरी केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।

यसैगरी, थारू महिला कोटातर्फबाट २५ सय २४ मतसहित कल्पना चौधरी केन्द्रीय समितिमा विजयी हुँदा गच्छदारसहित तत्कालीन लोकतान्त्रिक फोरमका शिवकुमार गुर्मछान र गीता चौधरी प्रतिस्पर्धामा उत्रिए पनि केन्द्रीय समिति सदस्य बन्न असफल रहे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिल थापा पनि केन्द्रीय समितिमा सदस्यमा खुलातर्फबाट विजयी भएका छन् । १३ साउन ०७७ मा कांग्रेस प्रवेश गरेका थापालाई २८ कात्तिकमा सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । हालै सम्पन्न महाधिवेशनमा खुला केन्द्रीय सदस्यको कोटाबाट उम्मेदवार भएका थापाले २४ सय ७२ मतसहित विजयी भएका हुन् ।

राप्रपा परित्याग गरी आएकामध्ये २८ कात्तिकमा केन्द्रीय सदस्यमा मनोनीत भएका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टिएन योगी, दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई सभापतिले मनोनीत गरे केन्द्रीय समितिमा ल्याउने बुझिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ११ : ५३ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१