१० बैशाख २०८३, बिहिबार | April 23, 2026

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि मतदान जारी



जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान जारी छ ।

मतदान आज बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक तयारीमा ढिलाइ भएकाले बिहान १० बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।

सभापति पदका उम्मेदवार कृष्णा यादव र रामसरोज यादवले पहिलो आआफ्नो मत खसालेर मतदानको सुरुआत गरेका छन्। जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी मतदान आज अपरान्ह ४ बजेसम्म हुने निर्वाचन समितिका संयोजक गौतमले बताए ।

बुधवार नै मतदान हुने कार्यतालिका रहेपनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो ।

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

प्रदेश नं २ का आठ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी दुई हजार मतदाता रहेको बताइएको छ ।

मतदान सुरु गर्ने विषयलाई लिएर हिजो कांग्रेसका दुई गुटबीच झडप भएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ११ : ५९ बजे

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु