४ भदौ २०८३, बिहिबार | August 20, 2026

११५७ जना कोरोना संक्रमित थपिए, ८ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका ११५७ जना संक्रमित थपिएका छन् । १४५४१ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसै अवधिमा १११३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १८१९३ रहेको छ ।