३० पुस २०८२, बुधबार | January 15, 2026

रुपन्देहीमा घट्न थाल्यो कोरोना ग्राफ : ३७० जना थपिदा, ४९७ जना डिस्चार्ज

बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ९४९ जनाको कोरोना परीक्षण गर्दा ३७० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरमा सबैभन्दा धेरै ११२ जनामा नयाँ संक्रमित थपिएका छन । त्यस्तै तिलोत्तमामा ७९ जना, सिद्धार्थनगर नगरपालिकामा ३९ जना, देवदह नगरपालिकामा १९ जना, सैनामैना…