काठमाडौं । निषेधाज्ञाको उल्लंघन गरेको भन्दै कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई चार लाख जरिवाना गरिएको छ । निषेधाज्ञाको उल्लंघन गरी स्टोर खोलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भाटभटेनीलाई ४ लाख जरिवाना तोकेको हो । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार स्थानीय प्रशासनको आदेश पालना नगरेको आरोपमा स्टोरसँग चार लाख रुपैयाँ जरिवाना गरिएको काठमाडौं प्रमुख जिल्ला अधिकारी…