१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रहरीको अनुरोध



काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौंले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ ।

व्यूरोले आज एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्नरनगराउन आग्रह गरेको हो ।

व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले हाल निषेधाज्ञाका समयमा पनि त्यस्ता गतिविधि देखिएकाले सार्वजनिक सूचनामार्फत सचेत गराइएको बताए । सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूबलगायतमा व्यक्तिको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न रोक लगाएका सामग्री सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने जनाइएको छ ।

साथै, त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेकोसमेत व्यूरोले जानकारी गराएको छ । यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने तीन हजार ९६६ वटा सवारी साधनलाई नियन्त्रणमा लिई चालकलाई सचेत गराएर छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५४२ जनालाई निःशुल्क मास्क वितरण गरिएको र हालसम्म ४ लाख ५३ हजार लाई मास्क दिइसकिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६१६ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ७५ हजार ३०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ८ : ४२ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को