पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । मुख्यमन्त्री गुरुङको सरकार ढाल्न नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले गरेको प्रयासमा राष्ट्रिय जनमोर्चाले साथ दिएपछि अविश्वासको प्रस्ताव दर्ता हुनेभएको हो । माओवादी केन्द्र र राजमोको समर्थनमा २०७४ फागुनमा बनेको गुरुङ नेतृत्वको सरकारबाट माओवादी केन्द्र गत चैत २५ गते…