काठमाडौं । शुक्रबार मात्रै संसदीय दलको बैठक बोलाएर पुष्पकमल दाहाल प्रचण्डलाई नेता चुनेको प्रचण्ड–नेपाल नेकपाले आज पुनः दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा बस्नुअघि नेकपाले दलको बैठक बोलाएको हो । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा प्रतिनिधिसभामा प्रस्तुत हुने रणनीतिबारे थप छलफल हुने बताइएको छ । प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री…