काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामार्फत आज शनिबार काठमाडौंमा सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी आइपुग्ने भएको छ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो । सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको निरीक्षण गर्ने तय भएको छ । केहीदिनअघि खानेपानी आयोजनाले सुरुङमा पानी हालेर परीक्षण गरेको थियो…