२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टाभित्र विश्वभर चार लाख ३३ हजार चार सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा कोरोनाका कारण विश्वमा नौ हजार दुई सय ९४ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ६६ लाख ४६ हजार पाँच सय ६९ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २५ लाख ९० हजार नौ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार गत २४ घण्टामा ब्राजिलमा सबैभन्दा बढी ७५ हजार तीन सय ३७ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक हजार सात सय ६० जनाको मृत्यु भएको छ ।

अमेरिकामा ६३ हजार पाँच सय ५६ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक हजार छ सय ४५ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप पाँच हजार नौ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण दुई सय ३६ जनाको मृत्यु भएको तथ्यांक छ ।

भारतमा १८ हजार दुई सय ९२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक सय नौ जना संक्रमितको मृत्यु भएको छ । रूसमा पछिल्लो २४ घण्टामा ११ हजार २४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ६२ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा २३ हजार पाँच सय सात, दक्षिण अफ्रिकामा एक हजार तीन सय १३, कोलम्बियामा तीन हजार तीन सय ७१, मेक्सिकोमा सात हजार पाँच सय २१, इरानमा आठ हजार तीन सय ६७, जर्मनीमा नौ हजार पाँच सय ८१, इटलीमा २४ हजार ३६, स्पेनमा छ हजार छ सय ५४, टर्कीमा ११ हजार तीन सय दुई तथा अर्जेन्टिनामा सात हजार आठ सय ९१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ०३ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री