१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

प्रचण्ड-नेपाल नेकपाको केन्द्रीय कमिटी बैठक सुरु, संसदीय दलको नेता परिवर्तनको निर्णय अनुमोदन गर्ने

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकले संसदीय दलको नेता फेर्ने निर्णयलाई अनुमोदन गर्ने बताइएको छ । यसअघि, आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने पूर्व निर्णयलाई केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने प्रस्ताव तय गरेको थियो ।…