काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना उपचार कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता जम्मा गरेकी छिन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक र चाडपर्व भत्ता सरकारद्वारा खोलिएको कोरोना भाइरस संक्रमण तथा रोकथाम उपचार कोषमा जम्मा गरेको जनाएको छ । यसअघि मन्त्रिपरिषद्ले सरकारका सबै मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा…