काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।…