१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

घट्यो रुपन्देहीको कोरोना संक्रमणको ग्राफ, ४९२ संक्रमित थपिँदा ३७४ कोरोना मुक्त



बुटवल । तुलनात्मकरुपमा आज रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम केहि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा आज मृत्युदर पनि घटेको छ । सोही अवधीमा जिल्लामा ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

आज थपिएका संक्रमितहरुमा बुटवल उपमहागरमा १९१ जना, तिलोत्तमामा १३५ जना, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७ जना, सैनामैनामा २१ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि ओमसतियामा १६ जना, सियारीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, सुद्धोधन र रोहिणीमा ३।३ जना, मायादेबी, कञ्चान र कोटहिमाईमा २।२ जना तथा मर्चवारीमा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा आज सम्ममा मृत्यु हुनेको संख्या २६८ पुगेको छ भने आज ३७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ५६ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका