काठमाडौं । कोराना संक्रमित उपचारमा प्रभावकारी औषधि मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार १ भाइल रेम्डेसिभिरको ४० हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ । औषधि आयातकर्ताका अनुसार १ भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २०० रुपैयाँसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’…