७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना संक्रमित थपिने संख्या अहिले सम्मकै उच्च, आज थपिए ७२११ नयाँ संक्रमित, २७ जनाको मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमणको दरले अहिले सम्मकै रेकर्ड तोडेको छ । कोरोना माहामारीको दोस्रो कहर सुरुभएपछिकै सबै भन्दा बढी आज ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १६ हजार १४७ नमुना परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या नेपालमा अहिले सम्मकै उच्च हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । एकै दिन ठूलो संख्यामा मृत्यु भएको पनि दछिल्ले लहरको यो नै उच्च हो ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : २५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११