काठमाडौं । गौतम बुद्धबारे भारतका विदेशमन्त्री एस जयशंकरले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको छ । भारतका विदेशमन्त्री जयशंकरले शनिबार एक भर्चुअल मिटिङमा बुद्ध भारती भनेर प्रचारवाजी गरेका थिए । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीट गर्दै जयशंकरको अभिव्यत्तिप्रति आपत्ति जनाएका हुन् । शर्माले ट्वीटमा लेखेका छन्, 'बुद्ध नेपालमा जन्मिएका हुन् भनेर…