काठमाडौ । त्रिभुवन विश्वविद्यालयले चैत महिनाका लागि निर्धारण गरेका सबै परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले शुक्रबारदेखि चैत मसान्तसम्मका लागि तोकिएका सबै परीक्षा स्थगित गरेको हो । बुधबार सरकारले सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गर्दै बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गर्ने निर्णय गरेको थियो ।…