काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिएको छ । मंगलबार दिउँसो तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को संयुक्त बैठकले बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको हो । काठमाडौंको निषेधाज्ञा बुधबार १० गते रातिबाट सकिँदैछ । सीडीओहरूको बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।…