२६ पुस २०८२, शनिबार | January 11, 2026

मतभेद साम्य पार्न देउवाले निवासमै बोलाए बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद साम्य बनाउन बूढानिलकण्ठस्थित निवासमा बैठक राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित वर्तमान र पूर्व कार्यसमितिका केन्द्रीय पदाधिकारी बैठकमा सहभागी छन्। आइतबार अपरान्ह सुरू भएको बैठक सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डामा केन्द्रित छ। सभापति देउवा समूहले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउने…