काठमाडौं । पछिल्लो २४ घण्टामा ३३४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या २६३४ पुगेको छ । संक्रमित हुनेमा सबैभन्दा धेरै दैलेखका रहेका छन् । सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ११३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको…