काठमाडौं । जारी युरोकप अन्तर्गत स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा समुह ए अन्तर्गत स्वीजरल्याण्ड र स्कटल्याण्ड एक एक गोलको बराबरीमा रोकिएका हुन् । खेलको १६औ मिनेटमा स्कटल्याण्डका स्कट म्याकटोमिनीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६ औं मिनेटमा स्वीजरल्याण्डका लागि जेर्डन शाकिरीले गोल गर्दै खेल बराबरी गरेका थिए…