मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्प स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको हो । भूकम्पको केन्द्रविन्दु टर्नेट सहर बाट करिब १२० किलोमिटर दूरीमा रहेको जनाइएको छ । भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले केन्द्रविन्दुबाट…