५ पुस २०८२, शनिबार | December 20, 2025

चिसोलाई बेवास्ता गर्दै बुटवलको औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको घुइँचो, स्वदेशी उत्पादनप्रति बढ्दो आकर्षण

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित बुटवलमा सुरु भएको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२ मा चिसो मौसमका बाबजुद अवलोकनकर्ताको उल्लेखनीय भीड बढ्दै गएको छ । बिहीबार सुरु भएको प्रदर्शनीको दोस्रो दिन शुक्रबार अवलोकनकर्ताको चहलपहल उल्लेख्य रूपमा बढेको गेट टिकट उपसमितिका…