बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले स-साना व्यवसायीहरूको हितका लागि उपमहानगर जहिले पनि साथमा रहेको बताए । उनले अवैध रुपमा व्यवसाय गर्ने छुट कसैलाई नहुने उल्लेख गर्दै, व्यवसायीको समस्या समाधानका लागि उपमहानगर सहकार्य…