१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको डढेलो बस्ती नजिक आइपुगेको छ । आदर्शनगर र लक्ष्मीनगरको माथिल्लो भागमा लागेको डढेलो बस्ती तर्फ झर्न थालेको हो । डढेलो बस्ती नजिक आइपुग्न थालेपछि बुटवल उपमहानगरपालिकाको दमकल आदर्शनगरको माथिल्लो भागमा तैनाथ गरिएको छ भने इलाका प्रहरी कार्यालयको प्रहरी टोलिलाई पनि तयारी अवस्थामा राखिएको छ ।…