नेपालगन्ज । क्यान्सरबाट मृत्यु भएकी तत्कालिन महिला तथा बालिबालिका कार्यालय बाँकेकी महिला विकास निरीक्षक विन्दू कुँवरको ‘स्मृति कोठा’ बनाउन तथा क्यान्सर पीडितलाई सहयोग गर्नका लागि नेपालगन्जमा ‘चिया’ अभियान सुरु गरिने भएको छ । बालक्लबका पूर्व सदस्यहरुले सञ्चालन गरेको सहयात्री नेपाल नामक संस्था र विन्दु कुँवर फाउण्डेशनले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त अभियान शुरु…