नेपालगन्ज । नेपालगन्जका कतिपय स्वास्थ्य प्रयोगशालाहरुले अस्पतालजन्य संक्रमित फोहोर सडकमा फाल्ने गरेको फेला परेको छ । प्रयोगशालाहरुले नेपालगन्जको सुर्खेतरोडमा अस्पतालजन्य संक्रमित फोहोर फालिएको भेटिएको हो । निर्मूलीकरण गरेर फाल्नु पर्ने फोहोर सडकमा फालिएको भटिएपछि नेपालगन्ज उपमहानगरपालिकाले त्यसविरुद्ध अनुसन्धान सुरु गरेको छ । सुर्खेतरोडको सडकमा फालिएको फोहोरलाई उठाएर उपमहानगरपालिकाले कार्यालयमा ल्याएको छ भने फोहोर फाल्नेको खोजी…