बुटवल । एक हप्ता लामो भ्रमण कार्यतालिका लिएर रुपन्देही आएका पूर्वराजा ज्ञानेन्द्र शाहले मगलबार बुटवलको कालिकापथ मिलनचोकमा रहेको ड्रिम इन्टरनेश्नल होटलमा २ घण्टा लामो समय बिताएका छन् । लुम्बिनी प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण तालिकासहित सोमबार रुपन्देही आइपुगेका शाह परिवारसहित भैरहवा बसेपनी खाना खान बुटवलमा आएका हुन् । यहाँका सुरक्षा निकायहरुलाई समेत जानकारी…