२२ बैशाख २०८१, शनिबार | May 5, 2024

सरकारले गैर जिम्मेबार र अमानवीय ब्यबहार देखायो : मानव अधिकार तथा शान्ति समाज

बुटवल । सीमाक्षेत्र, श्रमिक बर्ग तथा अस्पतालहरुमा उपचाररत बिरामीमाथि गरिएको ब्यबहारप्रति मानवअधिकार तथा शान्ति समाजले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल–भारत सीमानाकामा अलपत्र परेका सयौं नेपालीको उचित व्यवस्थापन हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरिएको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला भएको लकडाउनकाबीच नेपाल–भारत सीमानाकामा रहेका नेपालीहरुको उचित ब्यवस्थापन सही ढंगले गर्नुपर्ने जनाएको छ…