बुटवल । बुटवलमा रविलाल पल्लवी थापा स्मृतिग्रन्थ विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भयो । रवि पल्लवी प्रतिष्ठानका संरक्षक हरिबहादुर थापाको अध्यक्षता तथा प्रा. डा. राजाराम उपाध्याय सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वर्गीय रविलाल थापाका कान्छा सुपुत्र प्रा. डा. बुद्धबहादुर थापा प्रधान सम्पादक रहेको उक्त स्मृतिग्रन्थ विमोचन भएको हो। विमोचनको अवसरमा बोल्दै प्रा.डा. इतिहासविद राजाराम…