दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए । तुलसीपुर १७ मा वडाध्यक्षका लागि…