बुटवल । नेकपा एमालेले देशभर ७७ वटै जिल्लामा घोषणा गरेको जनप्रदर्शन कार्यक्रमअनुसार शनिबार रुपन्देहीमा पनि शक्ति प्रदर्शन गरेको छ । एमाले रुपन्देहीले बुटवलमा र्याली र जनसभा मार्फत लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयन, संसद पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन तथा जेन-जी पुस्ताको आन्दोलनका माग सम्बोधनका एजेन्डा प्रस्तुत गर्दै प्रदर्शन गरेको हो । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्याली…