महोत्तरी । महोत्तरी प्रहरीले बिहीबार बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४२५ किलोग्राम मटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमा नजिकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र सीमा नजिकै रहेको एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १७५ किलोग्राम मटर बरामद गरिएको हो…