भैरहवा । रुपन्देहीस्थित विभिन्न राजनीतिक दलले विपन्न परिवार, भाडामा बस्ने विद्यार्थी तथा मजदूरको पहिचान गरी परिवार संख्याको आधारमा नियमित रुपमा राहत वितरण गर्न माग गरेका छन् । उनीहरुले हाल वितरण भइरहेको राहत सामाग्री खरीदमा अनियमितता तथा वितरणमा पूर्वाग्राही समेत भएको बताएका छन् । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको…