काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, मूल्य-मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन्। गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भनेका छन्, ‘नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं…