दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताएका…