बुटवल । रूपन्देहीको रोहिणी गाउँपालिकामा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति रोहिणी गाउँपालिका-४ को कोटहवा क्षेत्रमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दका अनुसार पक्राउ पर्नेमा भारतको महाराजगञ्ज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेय…