काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । फिर्ता बोलाइएका राजदूतहरूमा शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया) र शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया) रहेका छन् । त्यसैगरी पूर्णबहादुर नेपाली (श्रीलंका), सुम्निमा…