नेपालगन्ज । बाँकेमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष र उत्तेजना फैलाउने सामग्रीको नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आह्वानमा आज नेपालगन्जमा बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष र उत्तेजना फैलाउने सामग्रीको नियमन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा…