मुस्ताङ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ र (मुस्ताङ—डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो । तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन । हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ ।…