काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए । इलामका ३६ वर्षीय आचार्यले मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका…