१७ भदौ २०८३, बुधबार | September 2, 2026

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो । चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो । अहिले उद्धार कार्य चलिरहेको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान…