लमजुङ । मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्न थालेको छ । सोमबार साँझदेखि निरन्तर भिषण वर्षा हुँदा मस्याङ्दी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिका वडा नं. १ स्थित तालगाउँको आधा वस्ती नै डुवानमा परेको छ । बस्तीमा बाढी छिरेपछि स्थानीय बासिन्दाहरु पहरामुनी गएर रात बिताउन बाध्य भएका छन् । गाउँमा टेलिफोन सेवा पनि…