१३ पुस २०८२, आइतबार | December 28, 2025

नेपालमा कोरोनाविरूद्धको दोस्रो खोप आजदेखि लगाइँदै

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाहरूलाई दोस्रो खोप आज देखि दिँदैछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो खोप दिन लागिएको हो । पहिलो चरणमा चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए…