बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका ४ शान्तिपुर ढिकुनियाका ३५ बर्षिया जनक थारुलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको हो । गाईवस्तु चराउन गएका बेलामा जंगल छेउबाट बाघले आक्रमण गरी जंगल भित्र लगेको प्रत्यक्षदर्शी निर्मल थारुले जानकारी दिए । घटनाको बारेमा थाहा पाउनसाथ बर्दिया राष्ट्रिय निकुञ्ज ओखरीया पोष्टमा…