बुटवल । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितहरुलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ । हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएर विद्यालयहरुमा आश्रय लिन बाध्य भएका पीडितहरुलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने…